राजनीतिक यात्रा (Political Journey)
कमलबहादुर शाहको राजनीतिक यात्रा दृढ सङ्कल्प, निरन्तर संघर्ष र जनसेवाप्रतिको प्रतिबद्धताले भरिएको छ। उहाँको राजनीति प्रवेश विद्यार्थी जीवन देखि सुरु भएको हो, जुन बेला उहाँ नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत सक्रिय हुनुभयो।

प्रारम्भिक यात्रा
- २०४४ सालमा नेविसंघको सदस्यको रूपमा उहाँको औपचारिक राजनीतिक यात्रा सुरु भयो।
- २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाउँदै लोकतन्त्रको पुनःस्थापनामा योगदान दिनुभयो।
- त्यसपछि २०५२ सालसम्म उहाँ नेविसंघको क्याम्पस इकाई सदस्य, प्रतिनिधि र जिल्ला तहमा विभिन्न भूमिका निर्वाह गर्दै आउनुभयो।
संगठन भित्रको यात्रा
- २०५४ देखि २०६८ सालसम्म, उहाँ नेपाल तरुण दलको केन्द्रीय खेलकुद विभागीय सदस्य, केन्द्रीय कोषाध्यक्ष, सचिव र अन्ततः उपाध्यक्षसम्मको जिम्मेवारीमा रहनुभयो।
- उहाँले नेपाली कांग्रेसको नवौंदेखि चौधौं महाधिवेशनसम्म महाधिवेशन प्रतिनिधिको रूपमा भाग लिनुभयो।
- कांग्रेसको तेह्रौं र चौधौं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी पनि दिनुभयो।
निर्वाचन अनुभव
- २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा, शाहले कैलाली क्षेत्र नं. २ बाट उम्मेदवारी दिनुभयो, तर त्यो चुनावमा उहाँ पराजित हुनुभयो।
- २०७९ साल मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनमा, कैलाली क्षेत्र नं. २ (१) बाट विजयी भई सुदूरपश्चिम प्रदेशसभा सदस्य बन्न सफल हुनुभयो।
संघर्ष र समर्पण
- २०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलनमा उहाँको महत्वपूर्ण भूमिका रह्यो। यस आन्दोलनको क्रममा चार महिना जेल जीवन बिताउनुभयो।
- जनआन्दोलनको बेला देखिएको उहाँको निष्ठा, साहस र संकल्पले उहाँलाई जनताको नेता बनायो।
मुख्यमन्त्रीको यात्रा
- पहिलो पटक २०८० चैत्र २२ गते, शाह संविधानको धारा १६८ को उपधारा ३ अनुसार र दोस्रो पटक २०८१ साउन २० गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभयो
- मुख्यमन्त्री बनेपछि उहाँले सुशासन, पारदर्शिता, पूर्वाधार विकास र सामाजिक समावेशीकरणलाई प्राथमिकता दिएका छन्।
Tags:
Political Journey